१७ कात्तिक २०८३ English
English

अमेरिकामा आज मध्यावधि निर्वाचन, सिनेटको नियन्त्रणका लागि कडा टक्कर

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
अमेरिकामा आज मध्यावधि निर्वाचन, सिनेटको नियन्त्रणका लागि कडा टक्कर
तस्बिर: रातोपाटी

अमेरिकामा आज मध्यावधि (संसदीय) निर्वाचन हुँदैछ। अमेरिकी कंग्रेसको माथिल्लो सदन सिनेटको नियन्त्रण कसको हातमा पुग्छ भन्ने टुंगो लगाउन देशभर मतदान भइरहेको छ। मिशिगनदेखि अलास्कासम्म कडा प्रतिस्पर्धा देखिएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको दुई वर्ष पूरा हुन लाग्दा भइरहेको यो निर्वाचनलाई उनको प्रशासनप्रतिको जनमत परीक्षणका रूपमा हेरिएको छ। मध्यावधि निर्वाचनले राष्ट्रपति परिवर्तन गर्दैन। तर कंग्रेसमा विपक्षी दलले बहुमत पाएमा राष्ट्रपतिका नीतिगत प्रस्ताव, बजेट र सरकारी नियुक्तिसम्बन्धी निर्णयमा असर पर्न सक्छ।

यस निर्वाचनको प्रचारप्रसारमा इतिहासकै सबैभन्दा बढी रकम खर्च हुने अनुमान गरिएको छ। अनुमानअनुसार कुल खर्च १२ अर्ब डलर पुग्नेछ। त्यसमध्ये अर्बपति व्यवसायी इलन मस्कको मात्रै आधा अर्ब डलर लगानी छ।

यसैबीच ट्रम्प प्रशासनले क्यालिफोर्नियाका करिब २० हजार मत गणना नगर्न माग गरेको थियो। अमेरिकी सर्वोच्च अदालतले उक्त माग अस्वीकार गरेको छ। क्यालिफोर्नियाको मतदाता नामावलीमा करिब २० हजार गैरनागरिक मतदाता हुन सक्ने भन्दै अमेरिकी न्याय मन्त्रालयले गत महिना दाबी गरेको थियो।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १७ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 17 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार