१७ कात्तिक २०८३ English
English

पश्चिमी वायुको आंशिक प्रभाव: हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
पश्चिमी वायुको आंशिक प्रभाव: हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना
तस्बिर: इमेजखबर

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको बताइएको छ।

महाशाखाका अनुसार यसको प्रभावले आज लुम्बिनी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

देशभर आंशिक बदली रहनुका साथै विभिन्न स्थानमा हुस्सु र कुहिरो लाग्ने पूर्वानुमान गरिएको छ। तराई क्षेत्रमा भने मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

यसअघि निरन्तर वर्षापछि मौसम खुलेसँगै विभिन्न जिल्लामा किसान धानबाली भित्र्याउने काममा व्यस्त भएका छन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १७ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 17 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार