१८ कात्तिक २०८३ English
English

एल निनोले विश्वभर खाद्यान्नको मूल्य बढ्ने जोखिम

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
एल निनोले विश्वभर खाद्यान्नको मूल्य बढ्ने जोखिम

YouTube मा सब्स्क्राइब

विश्व बैंकले शक्तिशाली एल निनोका कारण आगामी वर्ष विश्वभर खाद्यान्नको मूल्य करिब १८ प्रतिशतसम्म बढ्न सक्ने अनुमान गरेको छ। एल निनोका कारण भारत र नेपालमा भारी वर्षा भएको छ भने दक्षिण अमेरिकामा खडेरी परेको छ। यसले धान, मकै, कफीलगायत प्रमुख बालीको उत्पादन घटाउने जोखिम बढाएको छ।

भारतको दक्षिणपूर्वी तटमा आएको चक्रवात नेपालतर्फ सर्दा उच्च हिमाली क्षेत्रमा भारी हिमपात र वर्षा भएको थियो। चक्रवातका कारण भारतमा करिब एक लाख मानिस विस्थापित भएका थिए। बोलिभियामा खडेरीले करिब ७८ हजार परिवार प्रभावित भएपछि राष्ट्रपति रोड्रिगो पाजले आपत्काल घोषणा गर्नुभएको छ।

पेरुमा भने वन डढेलो फैलिएको छ।

स्रोत

सम्बन्धित समाचार