१७ कात्तिक २०८३ English
English

११ वर्षदेखि काम रोकिएको मेची कोरिडोरको सुखानी पुलको ठेक्का तोडियो

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
११ वर्षदेखि काम रोकिएको मेची कोरिडोरको सुखानी पुलको ठेक्का तोडियो
तस्बिर: रातोपाटी

पूर्वाधार विकास मन्त्रालय मातहतको सडक डिभिजन कार्यालय इलामले मेची कोरिडोरमा पर्ने सुखानी पक्की पुलको ठेक्का तोडेको छ। कार्यालयले मंगलबार (कात्तिक १७) सार्वजनिक सूचना निकालेर यसको जानकारी दिएको हो।

इलामको सुखानी खोलामा मोटरेबल पुल बनाउन करिब १४ वर्ष ४ महिनाअघि सम्झौता भएको थियो। तर निर्माण व्यवसायीले करिब ११ वर्षदेखि काम पूरै रोकेर कार्यस्थल छाडेका थिए।

ठेक्का रद्द गरेसँगै कार्यालयले ती निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने प्रक्रिया पनि सुरु गरेको छ।

सडक डिभिजन इलामले पछिल्लो समय लामो समयदेखि अलपत्र परेका अर्को एउटा ठेक्का पनि अन्त्य गरेको हो।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १७ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 17 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार