१७ कात्तिक २०८३ English
English

एनपीएल: पोखरालाई ८ विकेटले हराउँदै लुम्बिनी शीर्ष स्थानमा, पोखराको लगातार तेस्रो हार

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
एनपीएल: पोखरालाई ८ विकेटले हराउँदै लुम्बिनी शीर्ष स्थानमा, पोखराको लगातार तेस्रो हार
तस्बिर: रातोपाटी

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा साबिक विजेता लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई ८ विकेटले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको दिनको दोस्रो खेलमा पोखराले दिएको ९८ रनको लक्ष्य लुम्बिनीले ११.४ ओभरमा २ विकेट मात्र गुमाएर ५० बल बाँकी छँदै पूरा गरेको हो।

पहिले ब्याटिङ गरेको पोखरा ९७ रनमा अलआउट भएको थियो। लुम्बिनीका लागि रुबेन ट्रम्पलम्यानले तीन र तिलक भण्डारीले दुई विकेट लिए भने शेर मल्ल, रोहित पौडेल र अभिषेक गौतमले एक–एक विकेट लिए। लक्ष्य पछ्याउँदा कप्तान रोहित पौडेलले आक्रामक ब्याटिङ गरे।

यो जितसँगै लुम्बिनीले अपराजित यात्रा कायम राख्दै अंकतालिकाको शीर्ष स्थान ओगटेको छ। पोखराले भने लगातार तेस्रो हार बेहोरेको छ।

खेलपछि लुम्बिनीका कप्तान पौडेलले जितमा बलिङ युनिट र खेलाडीबीचको आपसी समझदारी मुख्य कारण रहेको बताए।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १७ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 17 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार