कामदारको स्वास्थ्य परीक्षण ठगी प्रकरण: कैलाश खड्काको बन्दीप्रत्यक्षीकरण रिट खारेज

मलेसिया जाने कामदारको बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक कैलाश खड्कालाई रिहा गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर बन्दीप्रत्यक्षीकरणको रिट खारेज भएको छ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले मंगलबार उक्त रिट खारेज गर्ने आदेश दिएको हो। खड्काकी पत्नी प्रविनाले रिट दायर गरेकी थिइन्।
विदेश जाने नेपाली कामदारको स्वास्थ्य परीक्षणसम्बन्धी ठगी प्रकरणमा थुनामा रहेका खड्का अदालतको यस आदेशसँगै थुनामै रहनेछन्।
रिटमा खड्कालाई रिहा गर्न माग गरिएको थियो, तर संयुक्त इजलासले उक्त माग अस्वीकार गर्दै रिट खारेज गरेको हो।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


