१८ कात्तिक २०८३ English
English

भारतीय विदेशसचिव मिस्री आज काठमाडौं आउँदै, प्रधानमन्त्री बालेनको भारत भ्रमणबारे छलफल हुने

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
भारतीय विदेशसचिव मिस्री आज काठमाडौं आउँदै, प्रधानमन्त्री बालेनको भारत भ्रमणबारे छलफल हुने
तस्बिर: इमेजखबर

भारतका विदेशसचिव विक्रम मिस्री दुई दिनको औपचारिक भ्रमणका लागि आज बुधबार काठमाडौं आउँदै छन्। परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन्।

प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन'को प्रस्तावित भारत भ्रमणको तयारीका क्रममा विदेशसचिव मिस्रीको यो भ्रमण हुन लागेको हो। प्रधानमन्त्री शाहको भारत भ्रमण मंसिरको पहिलो साता हुने बताइएको छ।

भ्रमणका क्रममा विदेशसचिव मिस्रीले प्रधानमन्त्री शाहसँग पनि भेट गर्ने कार्यक्रम छ। भेटमा प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल हुने जनाइएको छ।

विदेशसचिव मिस्रीको दुई दिने भ्रमणपछि प्रधानमन्त्री शाहको भारत भ्रमण निश्चित हुने ठानिएको छ। यस भ्रमणप्रति विपक्षी दलहरूले भने शंका गरेको बीबीसी नेपालीले जनाएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १८ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 18 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार