१८ कात्तिक २०८३ English
English

पश्चिमी वायुको आंशिक प्रभाव, कोशी र गण्डकीका हिमाली र पहाडी भागमा हल्का वर्षाको सम्भावना

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
पश्चिमी वायुको आंशिक प्रभाव, कोशी र गण्डकीका हिमाली र पहाडी भागमा हल्का वर्षाको सम्भावना
तस्बिर: अनलाइनखबर

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव छ।

यसको प्रभावले आज बुधबार देशका अधिकांश भूभागमा आंशिक बदली रहने छ। विशेषगरी हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ।

कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमान छ।

आगामी तीन दिनसम्म पनि देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने र केही स्थानमा हल्का वर्षा हुने महाशाखाले जनाएको छ। यस अवधिमा कतै हल्का हिमपात र कतै हुस्सु तथा कुहिरो लाग्ने सम्भावना पनि रहेको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १८ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 18 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार