७३ करोडको सरकारी जग्गा सट्टापट्टा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपालसहित ९७ जनाविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। मुद्दामा पूर्वमन्त्री रिजाल पनि मुछिएका छन्।
सरकारले जफत गर्ने निर्णय गरिसकेको ७३ करोड ४९ लाख रुपैयाँ बराबरको सार्वजनिक जग्गा सट्टापट्टा गरी बिक्री गराउने निर्णय गरेको अभियोगमा उनीहरूविरुद्ध मुद्दा चलाइएको हो। माधवकुमार नेपाल प्रधानमन्त्री रहेका बेलाको निर्णयलाई लिएर यो मुद्दा परेको हो।
हाल नेकपाका सहसंयोजक रहेका नेपाल आफूविरुद्ध भ्रष्टाचार मुद्दा लागेकै दिन दक्षिण कोरियातर्फ प्रस्थान गरेका छन्।
सार्वजनिक जग्गासम्बन्धी यो प्रकरणमा पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीसहित ठूलो संख्यामा व्यक्तिहरू एकैपटक मुछिएका छन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


