१७ कात्तिक २०८३ English
English

त्रिविको शैक्षिक प्रमाणपत्र अब हुलाकमार्फत विद्यार्थीको ठेगानामा पुग्ने

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
त्रिविको शैक्षिक प्रमाणपत्र अब हुलाकमार्फत विद्यार्थीको ठेगानामा पुग्ने
तस्बिर: रातोपाटी

त्रिभुवन विश्वविद्यालयले जारी गर्ने शैक्षिक प्रमाणपत्र तथा कार्यालयीय कागजात अब हुलाक सेवामार्फत सोझै विद्यार्थीको हातमा पुर्‍याइने भएको छ।

यसका लागि त्रिभुवन विश्वविद्यालय र नेपाल सरकार हुलाक सेवा विभागबीच कात्तिक १७ गते सम्झौता भएको छ। सम्झौता शैक्षिक प्रमाणपत्रलगायतका हुलाक वस्तु ढुवानी तथा वितरणसम्बन्धी हो।

सम्झौताअनुसार त्रिविबाट जारी हुने शैक्षिक प्रमाणपत्र तथा कार्यालयीय कागजात हुलाक सेवामार्फत विद्यार्थीको ठेगानामा पठाउने व्यवस्था गरिनेछ।

यो व्यवस्थापछि विद्यार्थीले प्रमाणपत्रलगायतका कागजात हुलाकमार्फत आफ्नै ठेगानामा प्राप्त गर्न सक्नेछन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १७ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 17 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार