दुई हजार युवालाई लक्षित निःशुल्क एआई तालिममा ६८ हजारभन्दा बढी आवेदन

दुई हजार युवालाई लक्षित गरी सञ्चालन गर्न लागिएको निःशुल्क कृत्रिम बुद्धिमत्ता (एआई) तालिममा ६८ हजारभन्दा बढी आवेदन परेको छ। तालिम युवा, श्रम तथा रोजगार मन्त्रालयको अगुवाइमा सञ्चालन गर्न लागिएको हो।
आयोजक प्रतिष्ठानका अनुसार पहिलो चरणमा ४२ हजारभन्दा बढी आवेदन परेका थिए। त्यसपछि पुनः आवेदन खुला गरिएको अवधिमा थप २६ हजार ५०० भन्दा बढी आवेदन प्राप्त भएका छन्।
लक्ष्यभन्दा कैयौँ गुणा बढी आवेदन परेपछि आवेदन दिएका सबै आकांक्षी युवालाई तालिममा सहभागी गराउने निर्णय भएको मन्त्रालयले जनाएको छ।
तालिम सुरुमा दुई हजार जनालाई मात्र दिने गरी आह्वान गरिएको थियो।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

