कोप–३१ मा जलवायु न्याय र हिमाल संरक्षणका मुद्दा सशक्त रूपमा उठाउने : मन्त्री चौधरी

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले आगामी कोप–३१ सम्मेलनमा नेपालले जलवायु न्याय, पर्याप्त वित्तीय सहयोग र हिमाल संरक्षणका मुद्दालाई सशक्त रूपमा उठाउने बताएकी छन्।
मन्त्री चौधरीले काठमाडौँमा कात्तिक १७ गते यस्तो बताएकी हुन्। उनका अनुसार सम्मेलनमा नेपालले जलवायु न्यायसँगै जलवायु परिवर्तनबाट प्रभावित देशका लागि पर्याप्त वित्तीय सहयोगको विषयलाई प्राथमिकतामा राख्नेछ।
हिमाल संरक्षणको मुद्दा पनि नेपालको प्रमुख एजेन्डामध्ये एक हुने मन्त्री चौधरीले बताएकी छन्।
संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन कोप–३१ मा नेपालले उठाउने मुख्य विषयबारे मन्त्रीले यो धारणा सार्वजनिक गरेकी हुन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


