इनम सापकोटा प्रकरणमा सत्ताको दुरुपयोग भएको कांग्रेस महामन्त्री संग्रौलाको आरोप

नेपाली कांग्रेसकी महामन्त्री डा. डिला संग्रौला पन्तले इनम सापकोटा प्रकरणमा सत्ताको दुरुपयोग भएको आरोप लगाएकी छन्। उनले यस विषयमा प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारसँग जवाफ मागेकी छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै महामन्त्री संग्रौलाले इनम सापकोटा प्रकरणले सत्ताको दुरुपयोग कसरी भइरहेको छ भन्ने कुरा स्पष्ट पारेको बताएकी हुन्। उनले देशमा सुशासन होइन, छाडातन्त्र हावी हुन थालेको आरोप पनि लगाएकी छन्।
उनले सत्ताको दुरुपयोग गरेर कांग्रेसमाथि प्रहार भइरहेको दाबी गर्दै त्यसले सरकारको छाडातन्त्र नलुक्ने बताएकी छन्। प्रतिपक्षलाई आक्रमण गरेर सत्ताको अपराध लुक्छ कि भन्दै उनले प्रश्न पनि गरेकी छन्।
संग्रौलाले 'बालेनराज'मा प्रश्न प्रतिपक्षलाई मात्रै गरिने हो कि भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाएकी छन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


