१८ कात्तिक २०८३ English
English

डोल्पा कारागारबाट फरार थप दुई कैदी पक्राउ, अझै चार जना फरार

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
डोल्पा कारागारबाट फरार थप दुई कैदी पक्राउ, अझै चार जना फरार
तस्बिर: अनलाइनखबर

जिल्ला कारागार कार्यालय डोल्पाबाट फरार भएका थप दुई कैदी पक्राउ परेका छन्। कात्तिक १४ गते बिहान ६ बजे कारागारबाट फरार भएका कैदीको खोजतलासका क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार पक्राउ पर्नेमा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ का कालिप्रसाद रोकाय र जाजरकोटको नलगाड नगरपालिका–९ का कपिल परियार छन्। उनीहरू कमला बुढाको घरमा लुकिछिपी बसेको अवस्थामा बुधबार बिहान त्रिपुरासुन्दरी नगरपालिका–४ बाट पक्राउ परेका हुन्।

यसअघि मंगलबार रुकुम पश्चिमबाट दुई जना पक्राउ परेका थिए। कारागारबाट फरार भएका आठ जनामध्ये अहिलेसम्म चार जना पक्राउ परेका छन् भने अझै चार जना फरार छन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १८ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 18 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार