१८ कात्तिक २०८३ English
English

रौतहटको गौरमा अज्ञात समूहको गोली प्रहारबाट २८ वर्षीय युवक गम्भीर घाइते

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्

रौतहटमा अज्ञात समूहले गरेको गोली प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गौर नगरपालिका–४ गढवा टोलस्थित पानी ट्याङ्की नजिक मंगलबार राति गोली प्रहार भएको हो।

घटनामा गौर नगरपालिका–४ गढवाका रामविलास यादवका छोरा २८ वर्षीय राकेश कुमार यादव घाइते भएका छन्। घटना मंगलबार राति करिब ९ बजे भएको बताइएको छ।

अज्ञात व्यक्तिले युवकलाई लक्षित गरी पाँच राउन्ड गोली प्रहार गरेका थिए। गोली लागेर घाइते भएका यादवको अवस्था गम्भीर रहेको जनाइएको छ।

गोली प्रहार गर्ने अज्ञात समूहबारे प्रहरीले थप विवरण सार्वजनिक गरेको छैन। घटना जिल्ला सदरमुकाम गौरमै भएको हो।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १८ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 18 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार