१८ कात्तिक २०८३ English
English

तिहारका लागि राष्ट्र बैंकले बिहीबारदेखि सुनको असर्फी र चाँदीका मेडालियन बेच्ने

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
तिहारका लागि राष्ट्र बैंकले बिहीबारदेखि सुनको असर्फी र चाँदीका मेडालियन बेच्ने
तस्बिर: क्लिकमाण्डू

नेपाल राष्ट्र बैंकले तिहारका अवसरमा सर्वसाधारणलाई सुन र चाँदीका सिक्का बिक्री गर्ने भएको छ। बैंकले बिहीबार र शुक्रबार सुनको असर्फी तथा चाँदीका मेडालियन बिक्री गर्नेछ।

तिहारको धनतेरसलाई लक्षित गर्दै राष्ट्र बैंकले यस वर्ष सुनका सिक्का (असर्फी) पनि बिक्री गर्न लागेको हो। बिक्री राष्ट्र बैंकको टक्सार महाशाखा, बबरमहलबाट गरिनेछ।

बैंकले प्रतिव्यक्ति २.५ ग्रामको एक थान सुनको असर्फी बिक्री गर्ने जनाएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १८ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 18 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार