१८ कात्तिक २०८३ English
English

नवनियुक्त आईजीपी केसीलाई गृहमन्त्री गुरुङले लगाइदिए दर्ज्यानी चिह्न

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
नवनियुक्त आईजीपी केसीलाई गृहमन्त्री गुरुङले लगाइदिए दर्ज्यानी चिह्न
तस्बिर: रातोपाटी

गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्। बुधबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री गुरुङले केसीलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्। केसी नेपाल प्रहरीका ३४औँ आईजीपी हुन्।

यसअघि गृहसचिवले दर्ज्यानी चिह्न लगाइदिने गरेकामा यसपटक गृहमन्त्री आफैँले लगाइदिएका हुन्। कार्यक्रममा निवर्तमान आईजीपी दानबहादुर कार्की अनुपस्थित थिए। केसीले बढुवाको निर्णय भएकै दिन दर्ज्यानी चिह्न लगाएका हुन्।

कार्यक्रममा गृहमन्त्री गुरुङले नागरिक र प्रहरीबीच ठूलो दूरी रहेकाले त्यसलाई घटाउनुपर्ने बताए। उनले प्रहरी सङ्गठनलाई नागरिकमैत्री व्यवहार गर्न तथा शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण गर्न र विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिए।

नवनियुक्त आईजीपी केसीले नागरिकमा डर होइन, भरोसा पैदा हुने गरी नेपाल प्रहरीले काम गर्नुपर्ने बताए। उनले प्रहरी सङ्गठनको मर्यादा र निष्पक्षतामा कुनै सम्झौता नगर्ने बताउँदै प्रहरीलाई कार्यगत स्वायत्तता दिन र दलीय प्रभावबाट मुक्त राख्न माग गरे। केसीले कम्बोडियाबाट द्वन्द्व रूपान्तरण विषयमा विद्यावारिधि गरेका छन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १८ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 18 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार