१८ कात्तिक २०८३ English
English

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिस्रीबीच शिष्टाचार भेटवार्ता

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिस्रीबीच शिष्टाचार भेटवार्ता
तस्बिर: रातोपाटी

भारतीय विदेश सचिव विक्रम मिस्रीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा बुधबार भेटवार्ता भएको हो।

भेटमा नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउने लगायतका विषयमा कुराकानी भएको मन्त्री खनालको सचिवालयले जनाएको छ। दुई मुलुकबीचको ऊर्जा, उड्डयन, व्यापार, खेलकुद, शिक्षा लगायतका विविध विषयमा पनि छलफल भएको छ।

विदेश सचिव मिस्री दुई दिने औपचारिक भ्रमणका लागि बुधबार काठमाडौं आइपुगेका हुन्। उनी प्रधानमन्त्री बालेन्द्र शाहको आगामी भारत भ्रमणको तयारीका क्रममा काठमाडौं आएका हुन्।

परराष्ट्रमन्त्रीसँगको भेटबाट उनले काठमाडौंमा उच्चस्तरीय भेटवार्ता सुरु गरेका छन्। नेपाल प्रेसका अनुसार प्रधानमन्त्री शाहले पनि आज मिस्रीसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १८ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 18 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार