१८ कात्तिक २०८३ English
English

प्रेस काउन्सिलको क्षेत्राधिकार विस्तार गर्दै अध्यादेश, इन्फ्लुएन्सर पनि नियमनको दायरामा

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
प्रेस काउन्सिलको क्षेत्राधिकार विस्तार गर्दै अध्यादेश, इन्फ्लुएन्सर पनि नियमनको दायरामा
तस्बिर: सेतोपाटी

सरकारले प्रेस काउन्सिलको क्षेत्राधिकार विस्तार गर्दै अध्यादेश ल्याएको छ।

अध्यादेशअनुसार सञ्चारमाध्यमले सञ्चालन गर्ने सामाजिक सञ्जाललाई पनि प्रेस काउन्सिलको नियमनको दायरामा ल्याइएको छ। सञ्चारमाध्यमका सामाजिक सञ्जालमा पनि पत्रकार आचारसंहिता लागू हुने व्यवस्था गरिएको छ।

यसैगरी पत्रकारितासम्बन्धी काम गर्ने इन्फ्लुएन्सर तथा सञ्चारकर्मीलाई समेत नियमनको दायरामा ल्याइएको छ। कन्टेन्ट क्रियटर वा इन्फ्लुएन्सर भन्दै सामाजिक सञ्जालमा सामग्री राख्नेहरूलाई पनि प्रेस काउन्सिलले नियमन गर्नेछ।

अध्यादेशमार्फत प्रेस काउन्सिलको नियमन परम्परागत सञ्चारमाध्यमबाहेक सामाजिक सञ्जालमा प्रकाशित हुने पत्रकारितासम्बन्धी सामग्रीसम्म विस्तार भएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १८ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 18 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार