१८ कात्तिक २०८३ English
English

अनशनरत डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले बनायो चार सदस्यीय टोली

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
अनशनरत डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले बनायो चार सदस्यीय टोली
तस्बिर: सेतोपाटी

काठमाडौं। चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनमा बसेका प्रा.डा. गोविन्द केसीसँग वार्ता र संवाद गर्न सरकारले चार सदस्यीय वार्ता टोली गठन गरेको छ।

शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव जयराम अधिकारीको संयोजकत्वमा गठित टोलीमा चिकित्सा शिक्षा आयोगका सदस्य–सचिव र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका प्रतिनिधिलगायत रहेका छन्।

मन्त्रालयले डा. केसीले राखेका मागप्रति गम्भीर ध्यानाकर्षण र संवेदनशीलता व्यक्त गर्दै वार्ता र संवादका माध्यमबाटै समाधान खोज्न अनशनरत पक्षलाई आह्वान गरेको छ।

डा. केसीले गेटामा पूर्वाधारविना एमबीबीएस तथा नर्सिङ कार्यक्रम सञ्चालन गर्न दिइएको अनुमति खारेज गर्नुपर्ने र चिकित्सा शिक्षा आयोग तथा विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा देखिएको स्वार्थको द्वन्द्व अन्त्य गर्नुपर्नेलगायतका माग राखेका छन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १८ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 18 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार