दीपक भट्टको मुद्दामा सर्वोच्चले विशेष र उच्च अदालतबाट मिसिल झिकायो

सर्वोच्च अदालतले दीपक भट्टको मुद्दामा विशेष अदालत र उच्च अदालतबाट मिसिल झिकाउन आदेश दिएको छ।
न्यायाधीशहरू शारंगा सुवेदी र नित्यानन्द पाण्डेयको इजलासले बुधबार दुवै अदालतबाट मुद्दासम्बन्धी फाइल झिकाउन आदेश गरेको हो।
यसअघि विशेष अदालतले सम्पत्ति शुद्धीकरणको मुद्दामा मुछिएका दीपक भट्ट र सुलभ अग्रवाललाई एकै दिन पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो।
सर्वोच्चले विशेष अदालत र उच्च अदालतबाट मिसिल झिकाउने आदेश दिएसँगै यो मुद्दामा अब सर्वोच्चमा थप सुनुवाइ हुनेछ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


