अग्निपथमा संशोधन: सेवा अवधि दुई वर्ष थप, गोर्खा भर्ती फेरि खुल्ने चर्चा

भारत सरकारले अग्निपथ योजनाअन्तर्गत भर्ती हुने सैनिकको सेवा अवधि दुई वर्ष थपेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बुधबार बसेको केन्द्रीय मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो। भारतीय रक्षामन्त्री राजनाथ सिंहले सामाजिक सञ्जाल एक्समार्फत सेवा अवधि चार वर्षबाट ६ वर्ष पुर्याइएको जानकारी दिनुभएको छ।
यसअघि यो योजनामा भर्ती हुनेमध्ये ७५ प्रतिशतको सेवा चार वर्षमै सकिने व्यवस्था थियो। अब ती अग्निवीरले कम्तीमा ६ वर्ष भारतीय सेनामा काम गर्न पाउनेछन्। भारतले सन् २०२२ मा अग्निपथ लागु गरेपछि नेपालले भारतीय सेनामा हुने गोर्खा भर्ती बन्द गरेको थियो।
यो निर्णय भारतीय विदेश सचिव विक्रम मिश्री दुई दिने भ्रमणमा काठमाडौँमै रहेका बेला आएको हो। प्रधानमन्त्री बालेन्द्र शाहको मङ्सिरमा हुने भनिएको भारत भ्रमणको तयारी पनि भइरहेको छ। 'द हिन्दू'की कूटनीतिक मामिला सम्पादक सुहासिनी हैदरले यो निर्णय नेपाल–भारत सम्बन्धका हिसाबले महत्त्वपूर्ण समयमा आएको बताउनुभएको छ।
उहाँले रोकिएको भर्ती फेरि सुरु हुन सक्ने हो कि भन्ने प्रश्न पनि उठाउनुभएको छ। यो निर्णयसँगै गोर्खा भर्ती पुनः खुल्ने सम्भावनाबारे चर्चा सुरु भएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


