१८ कात्तिक २०८३ English
English

डा. गोविन्द केसीद्वारा सरकारी टोलीसँग वार्ता गर्न अस्वीकार, राजनीतिक नेतृत्वकै टोली माग

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
डा. गोविन्द केसीद्वारा सरकारी टोलीसँग वार्ता गर्न अस्वीकार, राजनीतिक नेतृत्वकै टोली माग
तस्बिर: रातोपाटी

चिकित्सा शिक्षा सुधारको माग राख्दै आमरण अनशन बसिरहेका डा. गोविन्द केसीले सरकारले गठन गरेको टोलीसँग वार्ता गर्न अस्वीकार गरेका छन्।

बुधबार साँझ वार्ताका लागि शिक्षण अस्पताल पुगेको सरकारी टोलीलाई डा. केसीले फिर्ता पठाइदिएका हुन्। उनले वार्ताका लागि राजनीतिक नेतृत्वकै टोली चाहिने बताएका छन्।

डा. केसी २५औँ पटक आमरण अनशनमा छन्। उनको स्वास्थ्य अवस्था बिग्रिएपछि सरकारले चार सदस्यीय वार्ता टोली गठन गरेको थियो।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १८ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 18 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार