१८ कात्तिक २०८३ English
English

तिहार र छठमा विद्युत् आपूर्ति नरोकियोस् भनी ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
तिहार र छठमा विद्युत् आपूर्ति नरोकियोस् भनी ऊर्जामन्त्री श्रेष्ठको निर्देशन
तस्बिर: रातोपाटी

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले तिहार र छठ पर्वमा विद्युत् आपूर्ति नियमित र अवरोधरहित बनाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन्।

मन्त्री श्रेष्ठले चाडपर्वमा हुने बिजुलीको माग र आपूर्तिको पूर्वानुमान र विश्लेषण गरी आवश्यक व्यवस्था मिलाउन भनेका छन्। चाडपर्वमा बिजुली नियमित रूपमा आपूर्ति हुने कुरा सुनिश्चित गर्न पनि उनले निर्देशन दिएका छन्।

चाडपर्वपछि लगत्तै सुरु हुने सुक्खायामको विद्युत् व्यवस्थापनका लागि पनि पहिले नै तयारी गर्न मन्त्रीले निर्देशन दिएका छन्।

तिहार र छठमा बिजुलीको माग बढ्ने भएकाले मन्त्रालयले आपूर्ति सहज बनाउन प्राधिकरणलाई यस्तो निर्देशन दिएको हो।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १८ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 18 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार