ऊर्जामन्त्री श्रेष्ठ र भारतीय विदेश सचिव मिस्रीबीच भेट, तल्लो अरुण र फुकोट कर्णालीबारे छलफल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच ऊर्जा मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ।
भेटमा नेपाल–भारत ऊर्जा सहकार्य र विद्युत् व्यापारलगायतका विषयमा छलफल भएको छ। बिजमाण्डूका अनुसार छलफलमा तल्लो अरुण र फुकोट कर्णाली आयोजनाका विषय पनि उठेका थिए।
विदेश सचिव मिस्रीले यसअघि परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग पनि भेटवार्ता गरेका थिए।
मिस्री नेपाल–भारत परराष्ट्र सचिवस्तरीय वार्ताका लागि नेपाल आएका हुन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


