१८ कात्तिक २०८३ English
English

अनुमति नलिई विदेशी पर्यटकलाई डोल्पोबुद्ध लैजान खोज्ने ट्रेकिङ कम्पनीलाई ५० हजार जरिवाना

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्

अध्यागमन विभागले अनुमति नलिई विदेशी पर्यटकलाई निषेधित क्षेत्र डोल्पोबुद्धतर्फ लैजान खोज्ने एक ट्रेकिङ कम्पनीलाई कारबाही गरेको छ।

विभागले पदयात्रासम्बन्धी प्रचलित कानुन उल्लङ्घन गरेको भन्दै गरिमा भोयज ट्राभल टुर्स एन्ड ट्रेक्स प्रालिलाई ५० हजार रुपैयाँ जरिवाना तिराएको हो। उक्त कम्पनीले बेल्जियमका दुई पर्यटकलाई अनुमतिविना निषेधित क्षेत्रमा लैजान खोजेको थियो।

विभागले सो कार्यमा संलग्न गाइडमाथि पनि कारबाही प्रक्रिया अघि बढाएको छ।

नेपालका निषेधित क्षेत्रमा विदेशी पर्यटकलाई पदयात्रा गराउन सम्बन्धित निकायबाट अनुमति लिनुपर्ने कानुनी व्यवस्था छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १८ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 18 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार