बिर्तामोडमा आगलागी, करिब ६ करोड रुपैयाँ बराबरको क्षति

झापाको बिर्तामोडमा बुधबार भएको आगलागीबाट करिब ६ करोड रुपैयाँ बराबरको क्षति भएको छ।
आगलागीबाट एउटा इलेक्ट्रोनिक पसल, फार्मेसी र दुईतले पक्की घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्।
आगो निभाउन सातवटा दमकल परिचालन गरिएको थियो। दमकलको सहयोगमा आगो बल्लबल्ल नियन्त्रणमा लिइएको हो।
आगलागीमा परेर भएको क्षतिको विवरण बिर्तामोड नगरपालिकासहित सम्बन्धित निकायले सार्वजनिक गरेका हुन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

