नेप्सेको सीईओमा प्रताप सुवेदी र निक्षेप तथा कर्जा सुरक्षण कोषको सीईओमा पीताम्बर भण्डारी नियुक्त

सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रताप सुवेदीलाई नियुक्त गरेको छ। अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई नियुक्त गर्ने निर्णय गरेको हो।
सोही मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको सिफारिसमा निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृतमा पीताम्बर भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ।
सरकारले यसअघि नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजनविक्रम थापालाई नियुक्त गरेको थियो। यीसँगै वित्तीय क्षेत्रका तीन निकायले एकैपटक नेतृत्व पाएका छन्।
सार्वजनिक तथा संगठित संस्थामा एकै पटक ठूलो संख्यामा नियुक्ति खारेज गरेको सरकारले पछिल्लो समय नियामकसहितका निकायमा एकपछि अर्को नियुक्ति गर्न सुरु गरेको हो।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

