२० कात्तिक २०८३ English
English

पाराग्वेमा डिजिटल बैंक डुबेपछि राष्ट्रपतिले राजीनामा दिए

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
पाराग्वेमा डिजिटल बैंक डुबेपछि राष्ट्रपतिले राजीनामा दिए

YouTube मा सब्स्क्राइब

पाराग्वेको प्रमुख डिजिटल बैंक उएनो बैंक डुबेपछि राष्ट्रपति सान्टियागो पेन्याले बिहीबार पद त्याग गर्नुभएको छ। वित्तीय संकटमा परेको उक्त बैंकलाई त्यहाँको केन्द्रीय बैंकले आफ्नो नियन्त्रणमा लिएको जनाइएको छ। बैंक संकटमा परेको खबर बाहिरिएपछि राजधानी असनसनमा सर्वसाधारण विरोध प्रदर्शनमा उत्रिएका थिए।

संसद्मा उहाँविरुद्ध महाभियोग प्रस्तावमाथि छलफल चलिरहेकै बेला राष्ट्रपति पेन्याले सामाजिक सञ्जाल एक्समा भिडियो सन्देश राखेर राजीनामा घोषणा गर्नुभएको हो। भिडियो सन्देशमा उहाँले यो संकटका लागि देशवासीसँग क्षमा माग्दै बचतकर्ताको रकम फिर्ता गराउनु आफ्नो पहिलो प्राथमिकता हुने बताउनुभएको छ। आफूले जनतालाई धोका नदिएको दाबी पनि उहाँले गर्नुभएको छ।

विवादको मुख्य कारण राष्ट्रपति पेन्या र उएनो बैंकबीचको निकट सम्बन्धलाई मानिएको छ। पेन्या विगतमा उक्त बैंकको होल्डिङ कम्पनीमा लगानीकर्ता हुनुहुन्थ्यो। उहाँले बैंकका पूर्वअध्यक्ष कार्लोस कार्भालियोलाई नियामक निकाय केन्द्रीय बैंकको प्रमुखमा नियुक्त गर्नुभएको थियो।

पाराग्वेका ६० प्रतिशतभन्दा बढी वयस्क यस डिजिटल बैंकका ग्राहक रहेको बताइएको छ। बैंक डुब्दा सर्वसाधारणको १ खर्ब रुपैयाँभन्दा बढी बचत जोखिममा परेको जनाइएको छ। सरकारी पेन्सन, स्वास्थ्य कोष र जलविद्युत् आयोजनाको करिब ८० करोड अमेरिकी डलर बराबरको सार्वजनिक रकम पनि जोखिममा परेको उल्लेख छ।

स्रोत

सम्बन्धित समाचार