२० कात्तिक २०८३ English
English

साफ च्याम्पियनसिप: भारतले पाकिस्तानलाई ३–२ ले हरायो, नेपाली फुटबल भने ठप्प

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
साफ च्याम्पियनसिप: भारतले पाकिस्तानलाई ३–२ ले हरायो, नेपाली फुटबल भने ठप्प

YouTube मा सब्स्क्राइब

बंगलादेशको ढाकामा बिहीबार भएको साफ च्याम्पियनसिप २०२६ को खेलमा साबिक विजेता भारतले पाकिस्तानलाई ३–२ गोलले हराएको छ। नेसनल स्टेडियममा भएको खेलमा भारतका सुहैल अहमद भटले दुई गोल गर्नुभएको छ। भटकै गोलबाट भारतले खेलमा सुरुआती अग्रता लिएको थियो।

त्यसपछि म्याङ्ग्लेन्थाङ किपगेनले गोल थपेपछि भारत ३–० ले अगाडि पुगेको थियो। पहिलो हाफमा भारतले आक्रामक खेल देखाएको थियो। दोस्रो हाफको इन्जुरी समयमा पाकिस्तानले दुई गोल फर्काए पनि हारबाट जोगिन सकेन।

यो जितसँगै भारत समूह 'बी' को शीर्ष स्थानमा पुगेको छ। यसपटकको प्रतियोगितामा नेपाल सहभागी छैन। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ, एन्फालाई निलम्बन गरेकाले नेपाल बाहिर परेको हो।

सन् १९९३ मा सुरु भएको यो प्रतियोगिताको ३३ वर्षे इतिहासमा नेपाल अनुपस्थित भएको यो पहिलोपटक हो। निलम्बनका कारण नेपालका राष्ट्रिय र अन्तर्राष्ट्रिय फुटबल गतिविधि ठप्पजस्तै भएका छन्। यही बेला देशमा एनपीएल क्रिकेट सञ्चालन भइरहेको छ।

स्रोत

सम्बन्धित समाचार