१९ कात्तिक २०८३ English
English

एनपीएलमा सट्टेबाजी गराएको अभियोगमा भारतीय युवक पक्राउ

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
एनपीएलमा सट्टेबाजी गराएको अभियोगमा भारतीय युवक पक्राउ
तस्बिर: राजधानी

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सट्टेबाजी गराएको अभियोगमा एक भारतीय युवक पक्राउ परेका छन्। पक्राउ पर्ने युवक काठमाडौं महानगरपालिका–१७ ठमेलमा बस्दै आएका थिए।

पक्राउ पर्नेमा भारतको बिहार राज्यको भोजपुरका सोनु कुमार सिन्हा छन्। उनले विभिन्न अनलाइन बेटिङ साइटमार्फत ८९ लाख ८१ हजार ७ सय २९ रुपैयाँ बराबरको कारोबार गरेको खुलेको छ।

एनपीएलको तेस्रो संस्करण अहिले राजधानीमा भइरहेको छ। प्रतियोगिता चलिरहेकै बेला सट्टेबाजीको अभियोगमा पक्राउ परेको यो घटना सार्वजनिक भएको हो।

बिहीबार प्रतियोगिताअन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच खेल भइरहेको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १९ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 19 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार