१९ कात्तिक २०८३ English
English

पहिलो त्रैमासिकमा सिँचाइ विभागको खर्च २ अर्ब ३९ करोड, ८८ प्रतिशत निर्माणमा

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
पहिलो त्रैमासिकमा सिँचाइ विभागको खर्च २ अर्ब ३९ करोड, ८८ प्रतिशत निर्माणमा
तस्बिर: नेपाल प्रेस

आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा जलस्रोत तथा सिँचाइ विभागले २ अर्ब ३९ करोड ३० लाख रुपैयाँ खर्च गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको विभागले सिँचाइ आयोजनाहरूको खर्च विवरण सार्वजनिक गरेको हो।

विभागको कुल खर्चमध्ये ८८ प्रतिशत पुँजीगत अर्थात् निर्माण कार्यमा भएको छ।

आयोजनागत रूपमा कञ्चनपुरको महाकाली सिँचाइ आयोजनाले त्रैमासिक भौतिक लक्ष्यको ९७.२ प्रतिशत प्रगति हासिल गरेको छ। आयोजनाले यस अवधिमा ४३.७ करोड रुपैयाँ खर्च गरेको छ, जुन त्रैमासिक बजेटको अढाई गुणाभन्दा बढी हो।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १९ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 19 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार