१९ कात्तिक २०८३ English
English

आईजीपी कार्कीलाई हटाएर मनोजकुमार केसी नियुक्त, कार्की सर्वोच्च जाँदै, कांग्रेसको आपत्ति

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
आईजीपी कार्कीलाई हटाएर मनोजकुमार केसी नियुक्त, कार्की सर्वोच्च जाँदै, कांग्रेसको आपत्ति
तस्बिर: राजधानी

सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएर अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई आईजीपी नियुक्त गरेको छ। बुधबार जिम्मेवारीबाट हटाइएका कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालत जाने भएका छन्। उनी निकट एक कानुन व्यवसायीले यस्तो जानकारी दिएका हुन्।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कार्यकाल सकिन १७ महिना बाँकी छँदै आईजीपी हटाउने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्। उनले आईजीपी कार्कीलाई कुन मुद्दा, तथ्य र प्रमाणका आधारमा हटाइएको हो भन्नेबारे सरकारले जवाफ दिनुपर्ने बताए। उनले जनता विपद् र महँगीको मारमा परेका बेला सरकारको ध्यान आईजीपी हटाउनेतर्फ गएको आरोप पनि लगाए।

कांग्रेसका महामन्त्री उदयशमशेर राणाले गैरकानुनी गिरफ्तारी गर्न नमानेपछि सरकारले कार्कीलाई पदबाट हटाएको दाबी गरेका छन्। ललितपुरको बज्रबाराहीमा आयोजित एक कार्यक्रममा उनले पार्टी सभापति गगन थापालाई पक्राउ गरे चुप नबस्ने चेतावनी पनि दिए।

कांग्रेस सांसद निश्कल राईले आईजीपी नियुक्ति तथा नेतृत्व परिवर्तनको विषय राज्यको विधि र संस्थागत स्वायत्ततासँग जोडिएको बताउँदै विगतमा भएका क्रमभंगता पनि गल्ती भएको र हालको निर्णय पनि गलत भएको बताएका छन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १९ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 19 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार