१९ कात्तिक २०८३ English
English

एनपीएल: विराटनगर ८३ रनमा अलआउट, काठमाडौं गोर्खाज ९ विकेटले विजयी

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
एनपीएल: विराटनगर ८३ रनमा अलआउट, काठमाडौं गोर्खाज ९ विकेटले विजयी
तस्बिर: सेतोपाटी

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार भएको खेलमा काठमाडौं गोर्खाजले विराटनगर किंग्सलाई ९ विकेटले हराएको छ। विराटनगरले दिएको ८४ रनको लक्ष्य काठमाडौंले ९.४ ओभरमै १ विकेट गुमाएर पूरा गरेको हो।

कीर्तिपुरस्थित टीयू मैदानमा भएको दिनको दोस्रो खेलमा काठमाडौंले टस जितेर फिल्डिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको विराटनगरले सुरुवातदेखि नै लगातार विकेट गुमायो र १९औँ ओभरको तेस्रो बलमा ८३ रनमा अलआउट भयो। विराटनगरले १० ओभर सकिँदा ७ विकेट गुमाइसकेको थियो र ४० रन पनि पुर्‍याउन सकेको थिएन।

यो जारी सिजनमा विराटनगर किंग्सको सबैभन्दा कम योगफल हो।

लक्ष्य पछ्याउँदै काठमाडौंले ६.२ ओभरमै ५० रन बनाएको थियो। वार्नरले २४ बलमा ४४ रन बनाए। काठमाडौंका दुई अस्ट्रेलियन ब्याटरले टोलीलाई जिताएर खेल सकाए।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १९ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 19 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार