सरकारका निर्णयमा पार्टीले 'हो मा हो' मिलाउँदैन, आईजीपी फेरबदलको औचित्य सरकारले पुष्टि गर्ला : लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले गर्ने काममा पार्टीले कुनै हस्तक्षेप नगर्ने बताएका छन्। बिहीबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टी र सरकारबीच कुनै मतभेद वा विवाद नरहेको स्पष्ट पारे।
सभापति लामिछानेले सरकारले गर्ने हरेक निर्णयमा पार्टीले अन्धसमर्थन नगर्ने र 'हो मा हो मिलाउने' काम पार्टीको नभएको बताए। आवश्यक परे सरकारका निर्णयमा पार्टीले 'चेक एण्ड ब्यालेन्स' गर्ने र प्रश्न उठ्दा छलफल भइरहने उनको भनाइ छ।
प्रहरी महानिरीक्षक (आईजीपी) फेरबदलबारे सोधिएको प्रश्नमा उनले भने, 'पार्टी सन्तुष्ट वा असन्तुष्ट होइन कि, पार्टीले के धारणा राखेको छ भने सरकारले काम गर्नका लागि आवश्यक पर्ने कदम चाल्दा त्यसको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारकै हुन्छ।' पार्टीले आईजीपी फेर भनेर नभन्ने पनि उनले बताए।
आफ्नो निर्वाचन क्षेत्रबारे बोल्दै लामिछानेले चितवन आउन ढिला भए पनि निर्वाचित जनप्रतिनिधिभन्दा नीति देशभर पुग्नुपर्ने बताए।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


