विवादित अडियोबारे गगन थापा: आधिकारिकताको लडाइँमा एक सुका पनि लेनदेन भएको छैन

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिकतासम्बन्धी राजनीतिक तथा कानुनी लडाइँमा कुनै पनि आर्थिक लेनदेन नभएको बताएका छन्। बिहीबार फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै उनले ‘एक सुकाको पनि लेनदेन भएको छैन’ भनेका हुन्।
बिचौलिया भनिएका इनाम सापकोटाको सार्वजनिक भएको अडियोमा आफ्नो नाम जोडिएपछि थापाले यस्तो प्रष्टीकरण दिएका हुन्। उनले आफ्ना हात सफा रहेको र पार्टी सबै प्रकारका निष्पक्ष छानबिनका लागि तयार रहेको बताए। अनुसन्धानबाट ‘दूधको दूध, पानीको पानी’ छुट्याइनुपर्ने उनको भनाइ छ।
थापाले आफू कुनै पनि कमजोर नैतिक धरातलमा नउभिएको बताउँदै आफ्नो चरित्रमाथि प्रश्न उठाउने गरी प्रायोजित षड्यन्त्र रचिएको दाबी गरे। सरकारका गलत काममा प्रश्न उठाएपछि आफूविरुद्ध षड्यन्त्र भएको उनको आरोप छ।
सापकोटा अहिले प्रहरी अनुसन्धानका लागि हिरासतमा छन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


