पूर्वाधार सम्मेलनअघि ५९ ऐनका ४९४ दफा संशोधन गर्ने सरकारको तयारी

सरकारले नेपाल पूर्वाधार सम्मेलन २०२६ अघि ५९ वटा कानुन संशोधन गर्ने तयारी गरेको छ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सम्मेलनको तयारीबारे आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएकी हुन्।
मन्त्री गौतमका अनुसार ती कानुनका ४९४ वटा दफा संशोधन गर्ने गरी काम अघि बढाइएको छ। मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्न र पूर्वाधार विकासमा देखिएका नीतिगत अड्चन फुकाउन संशोधन प्रस्ताव अघि सारिएको हो।
आगामी मंसिर २३ र २४ गते राजधानीमा हुने नेपाल पूर्वाधार समिटमा कुल २४ खर्ब ५३ अर्ब रुपैयाँ बराबरका २३ वटा ठूला तथा रणनीतिक पूर्वाधार आयोजना प्रस्तुत गरिँदैछन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


