१९ कात्तिक २०८३ English
English

सेयर बजारमा इन्ट्राडे कारोबारका लागि धितोपत्र बोर्डले नियमावलीको मस्यौदा सार्वजनिक गर्‍यो

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
सेयर बजारमा इन्ट्राडे कारोबारका लागि धितोपत्र बोर्डले नियमावलीको मस्यौदा सार्वजनिक गर्‍यो
तस्बिर: सेतोपाटी

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सेयर बजारमा अन्तरदिवसीय (इन्ट्राडे) कारोबार सुरु गर्न नियमावलीको मस्यौदा सार्वजनिक गरेको छ। बोर्डले बिहीबार 'अन्तरदिवसीय धितोपत्र कारोबार सम्बन्धी नियमावली, २०८३' को प्रारम्भिक मस्यौदा सार्वजनिक गरेको हो।

मस्यौदाअनुसार लगानीकर्ताले बिहान किनेको सेयर सोही दिन बेच्न पाउनेछन् र कारोबारको नाफा वा घाटा पनि सोही दिन राफसाफ हुनेछ। अहिले नेपालको सेयर बजारमा किनेकै दिन सेयर बेच्ने व्यवस्था छैन।

सोही दिन सेयर किनबेच गरी राफसाफ गर्न मिल्ने इन्ट्राडे कारोबार सुरु गर्न बोर्डले नीतिगत प्रक्रिया अघि बढाएको हो। मस्यौदामाथि सरोकारवालाबाट मंसिर ४ गतेभित्र राय र सुझाव मागिएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १९ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 19 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार