२० कात्तिक २०८३ English
English

करिब दुई लाख विद्यार्थीको विवरण दोहोरिएको भेटियो, शिक्षा मन्त्रालयले छानबिन समिति बनायो

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
करिब दुई लाख विद्यार्थीको विवरण दोहोरिएको भेटियो, शिक्षा मन्त्रालयले छानबिन समिति बनायो

YouTube मा सब्स्क्राइब

शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यार्थीको विवरण दोहोरिएको विषयमा छानबिन गर्न ५ सदस्यीय अध्ययन तथा अनुगमन समिति गठन गरेको छ। एक अनौपचारिक अध्ययनअनुसार विद्यालय शिक्षाको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली अर्थात् इ–एमआईएसमा २ लाखभन्दा बढी विद्यार्थीको विवरण दोहोरिएको छ। समिति बिहीबार मन्त्रीस्तरीय निर्णयबाट गठन भएको हो।

मन्त्रालयको खेलकुद तथा विद्यालय शिक्षा महाशाखाका सहसचिव शिवकुमार सापकोटा समितिको संयोजक हुनुहुन्छ। शिक्षा विभागका निर्देशक भक्तबहादुर गोदार, मन्त्रालयका कम्प्युटर इन्जिनियर विनोद न्यौपाने र कानुन अधिकृत निकिता दाहाल सदस्य हुनुहुन्छ। विद्यालय शिक्षा शाखाका उपसचिव शिवप्रसाद रेग्मी समितिको सदस्य–सचिव हुनुहुन्छ।

दोहोरो विवरणका कारण अनुदान, छात्रवृत्ति र दिवा खाजाजस्ता सेवा–सुविधाको दुरुपयोग भएको आशंका गरिएको छ। समितिले यति धेरै विवरण दोहोरिनुको कारण प्राविधिक कमजोरी हो वा नियतवश गरिएको बदमासी हो भनेर अध्ययन गर्नेछ। सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कारबाहीको सिफारिस गर्ने जिम्मा पनि समितिलाई दिइएको छ।

स्रोत

सम्बन्धित समाचार