२० कात्तिक २०८३ English
English

सिंहदरबारको मूल भवनलाई पुरानै रूपमा फर्काउन सरकारले १ अर्ब ११ करोड रुपैयाँ खर्चने

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
सिंहदरबारको मूल भवनलाई पुरानै रूपमा फर्काउन सरकारले १ अर्ब ११ करोड रुपैयाँ खर्चने

YouTube मा सब्स्क्राइब

जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त सिंहदरबारको ऐतिहासिक मूल भवनलाई पुरानै स्वरूपमा फर्काउन सरकारले करिब १ अर्ब ११ करोड रुपैयाँ खर्च गर्ने तयारी गरेको छ। देशको मुख्य प्रशासनिक केन्द्र रहेको यो संरचना १२० वर्षभन्दा पुरानो हो। संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका अनुसार मूल भवनका चार खण्डमध्ये दक्षिण, पूर्व र उत्तरका तीन खण्डको पुनर्निर्माण सकिएको छ।

ती तीन खण्डमा अहिलेसम्म करिब ११ करोड रुपैयाँ खर्च भएको कार्यालयका सूचना अधिकारी अरुण भुजेलले जानकारी दिनुभएको छ। सबैभन्दा जटिल मानिएको पश्चिमतर्फको मुख्य खण्ड बनाउन बाँकी छ, जसका लागि मात्रै झन्डै १ अर्ब रुपैयाँ लाग्ने कार्यालयको प्रारम्भिक अनुमान छ। तिहारलगत्तै सो खण्डको ठेक्का आह्वान गर्न भित्री तयारी भइरहेको सूचना अधिकारी भुजेलले बताउनुभएको छ।

स्रोत

सम्बन्धित समाचार