प्रस्तावित चार न्यायाधीशविरुद्ध १३ उजुरी, उजुरीकर्तासँग सुनुवाइ समितिको छलफल आज

संघीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशका उजुरीकर्तासँग आज (शुक्रबार) छलफल गर्ने भएको छ। प्रस्तावित चार न्यायाधीशविरुद्ध १३ वटा उजुरी परेका छन्।
संसद् सचिवालयका सहसचिव लक्ष्मीप्रसाद गौतमका अनुसार समितिको बैठक आज बिहान साढे ९ बजे सार्वजनिक लेखा समितिको सभाकक्षमा बस्नेछ।
समितिले प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया बिहीबारदेखि सुरु गरेको छ।
संसद् सचिवालयका अनुसार आज संसदीय सुनुवाइ समितिसँगै हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठक पनि बस्दैछ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


