२० कात्तिक २०८३ English
English

तिहार पर्व आजदेखि सुरु, आज धनतेरस मनाइँदै

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
तिहार पर्व आजदेखि सुरु, आज धनतेरस मनाइँदै
तस्बिर: अनलाइनखबर

नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आज कात्तिक २० गते शुक्रबारदेखि सुरु भएको छ। पर्वको पहिलो दिन आज धनतेरस मनाइँदैछ।

धनतेरसका दिन नयाँ गरगहना वा धातुका भाँडाकुँडा किनेर घरमा ल्याई पूजा गर्ने परम्परा छ। मधेसका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा तिहारको पहिलो दिन साँझ दीपमालिका गर्दै धनतेरस मनाउने परम्परा छ।

यसपालि धनतेरसमा सुनचाँदीको कारोबार भने विगतका वर्षजस्तो नहुने व्यवसायीहरूले बताएका छन्। उनीहरूका अनुसार अर्डर नै कम आएकाले यस वर्ष धनतेरसका दिन विगतमा जस्तो कारोबार हुने आशा छैन।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २० कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 20 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार