२० कात्तिक २०८३ English
English

मधेस सरकारबाट नेकपा बाहिरियो, चार मन्त्रीको राजीनामा

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
मधेस सरकारबाट नेकपा बाहिरियो, चार मन्त्रीको राजीनामा
तस्बिर: सेतोपाटी

मधेस प्रदेशमा नयाँ सत्ता समीकरण बनाउने प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश सरकारबाट बाहिरिएको छ। नेकपा संसदीय दलको भर्चुअल बैठकले सरकारबाट बाहिरिने निर्णय गरेपछि पार्टीका चार मन्त्रीले शुक्रबार प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका हुन्।

नेकपाले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको छ। समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुखलाई बुझाइएको छ।

एमालेपछि नेकपा पनि बाहिरिएपछि मुख्यमन्त्री यादवको नेतृत्वमा रहेको कांग्रेस नेतृत्वको सरकार झनै संकटमा परेको छ। प्रदेशमा सरकार बनाउन दलहरूबीच नयाँ समीकरणको खोजी भइरहेको छ।

यसैबीच जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आगामी प्रदेश निर्वाचनसम्म आफ्नो पार्टी मधेस प्रदेश सरकारमा सहभागी नहुने बताएका छन्। उनले शुक्रबार फेसबुकमा स्ट्याटस लेखेर यो कुरा भनेका हुन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २० कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 20 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार