२० कात्तिक २०८३ English
English

एनपीएल: मिलरको अविजित ९३ रन खेर, कर्णालीलाई ३९ रनले हराउँदै सुदूरपश्चिम दोस्रो स्थानमा

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
एनपीएल: मिलरको अविजित ९३ रन खेर, कर्णालीलाई ३९ रनले हराउँदै सुदूरपश्चिम दोस्रो स्थानमा
तस्बिर: इमेजखबर

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत शुक्रबारको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ३९ रनले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भएको खेल जितेसँगै सुदूरपश्चिम अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

सुदूरपश्चिमले दिएको १७७ रनको लक्ष्य पछ्याएको कर्णालीका लागि डेभिड मिलरले डेब्यु खेलमै ५५ बलमा अविजित ९३ रन बनाए। उनले ७ छक्का र ५ चौका प्रहार गरे। अन्तिम ओभरमा मिलरले चार छक्का प्रहार गरे पनि अन्य ब्याटर चल्न नसक्दा कर्णालीले हार टार्न सकेन।

खेलपछि कर्णालीका तीव्र गतिका बलर नन्दन यादवले बलिङमा राम्रो प्रदर्शन गर्न नसक्दा हार बेहोर्नुपरेको बताए। उनका अनुसार १४० रनको लक्ष्य भेट्न सकिने थियो, तर टोलीले बढी रन खर्चियो।

सुदूरपश्चिमका खेलाडी विलियम बोसिस्टोले कमजोरी सुधार्दा जित्न सफल भएको बताउँदै यो जितले टोलीको आत्मविश्वास बढाएको प्रतिक्रिया दिए।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २० कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 20 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार