'एक चुनाव जित्दैमा विशेष प्राणी बनेका छैनौँ': रास्वपा सभापति लामिछाने

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनताबाट पाएको अभिमतलाई शक्ति प्रदर्शन र नागरिकमाथि दम्भ देखाउने माध्यम नबनाउन पार्टीका सांसद, नेता तथा कार्यकर्तालाई चेतावनी दिएका छन्। उनले शुक्रबार चितवनमा यस्तो बताएका हुन्।
नागरिकले दिएको अभिमतलाई उनीहरूकै अपमान हुने गरी प्रयोग नगर्न लामिछानेले आग्रह गरे। 'हामीले एउटा चुनाव जितेका हौं। हामी कुनै अर्को ग्रहबाट खसेर आएका मानिस होइनौं। हामी यही समाजका मानिस हौं, यही जमिनका मानिस हौं। यो कुरा हामीले बिर्सनु हुँदैन,' उनले भने। जनताले १८२ सिट दिए भन्दैमा मात्तिन नपाइने र भुइँ छाड्न नहुने पनि उनले बताए।
लामिछानेले अदालतलगायत राज्यका संस्थालाई कमजोर बनाउने खालका अभिव्यक्ति र गतिविधि नगर्न पनि आग्रह गरे। बदला लिन प्रहरीलाई दबाब दिने कामले धेरै पर नलैजाने उनको भनाइ थियो।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


