कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय, स्याउ विकास बोर्डसम्बन्धी विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृत

कर्णाली प्रदेशमा शुक्रबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न पाँच वटा निर्णय गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार निर्णयमा विभिन्न कार्यविधि तथा नियमावली पनि समेटिएका छन्।
बैठकले स्याउ उत्पादनको व्यावसायिक विकासका लागि स्याउ विकास बोर्ड स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृत गरेको छ।
यसैगरी घर बीमा, सञ्चारमाध्यममार्फत लोककल्याणकारी विज्ञापन वितरण र दलित समुदायको आयआर्जनसम्बन्धी विषयमा पनि बैठकले निर्णय गरेको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


