एनपीएल: चितवनले पोखरालाई ३० रनले हरायो, पोखराको लगातार चौथो हार

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा शुक्रबार भएको दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ३० रनले हराएको छ। यो पोखराको लगातार चौथो हार हो।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५१ रन बनाएको थियो। सिकन्दर राजाले आक्रामक ब्याटिङ गरेका थिए भने पाँचौँ विकेटका लागि राजा र रवि बोपाराले ६० रनको साझेदारी गरेका थिए।
जितका लागि १५२ रनको लक्ष्य पछ्याएको पोखरा १९ ओभरमा १२१ रनमै अलआउट भयो।
चार खेलमा पोखराले अझै खाता खोल्न सकेको छैन। चार खेलमा दोस्रो जित निकालेको चितवन भने ५ अंकसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


