२० कात्तिक २०८३ English
English

तिहार बिदामा पनि आयल निगमका डिपो खुला रहने

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
तिहार बिदामा पनि आयल निगमका डिपो खुला रहने
तस्बिर: रातोपाटी

पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन दीपावलीसहित सार्वजनिक बिदाका दिनमा पनि नेपाल आयल निगमका डिपो खुला रहने भएका छन्।

तिहारको अवधिमा थुप्रै सार्वजनिक बिदा पर्छन्। यस्ता बिदामा पनि इन्धन आपूर्ति नरोकियोस् भनेर निगमले डिपो खुला राख्ने निर्णय गरेको हो।

उपभोक्ताको हितलाई ध्यानमा राखेर बिदाका दिनमा पनि डिपो सञ्चालन गर्ने निर्णय गरिएको निगमले जनाएको छ। यसअनुसार दीपावलीलगायतका बिदाका दिनमा पनि डिपोबाट पेट्रोलियम पदार्थको आपूर्ति हुनेछ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २० कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 20 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार