सिंहदरबारभित्र जेब्रा क्रसिङमा गाडीको ठक्कर, राष्ट्रियसभा सदस्य राजेन्द्रलक्ष्मी गैरे घाइते

सिंहदरबारभित्र गाडीको ठक्करबाट राष्ट्रियसभा सदस्य राजेन्द्रलक्ष्मी गैरे घाइते भएकी छन्।
शुक्रबार सिंहदरबार परिसरभित्र जेब्रा क्रसिङबाट बाटो काट्ने क्रममा बा १७ च ८८०७ नम्बरको गाडीले ठक्कर दिँदा उनी घाइते भएकी हुन्।
सरकारी कार्यालयहरू रहेको सिंहदरबार परिसरभित्रै पैदल यात्रुका लागि छुट्याइएको जेब्रा क्रसिङमा यो घटना भएको हो।
घटनाबारे थप विवरण आउन बाँकी छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

