कोप–३१ मा जलवायु न्याय र पर्वतीय मुद्दा उठाउने नेपालको तयारी, परराष्ट्रमन्त्री खनाल टर्की जाँदै

परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारूप महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै टर्की जाँदैछन्। थाहाखबरका अनुसार उनी भोलि प्रस्थान गर्नेछन्।
सम्मेलनमा नेपालले जलवायु न्याय, पर्वतीय क्षेत्रको संरक्षण तथा जलवायुजन्य विपद्का विषयलाई सशक्त रूपमा उठाउने तयारी गरेको छ।
नेपालले भोटेकोशीलगायत विभिन्न क्षेत्रमा जलवायु परिवर्तनका कारण आएको बाढी, पहिरो तथा अन्य विपद्बाट नागरिकले भोग्नुपरेको पीडा अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने जनाइएको छ।
हिमाली क्षेत्रमा बढ्दो जोखिमका मुद्दा पनि सम्मेलनमा उठाइने छन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

